no comments

पोखरामा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरी बच्चा जन्माइन्

पोखरा, ९ असोज / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कोरोना संक्रमित महिलाको शल्यक्रिया गरी बच्चा जन्माएकी छन् ।

भारत मोतिहारी घर भएकी २४ वर्षीय महिलाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शल्यक्रिया मार्फत बच्चालाई जन्म दिएकी हुन् । असोज ५ गते अस्पतालमा भर्ना भएकी उनको ६ गते कोरोना देखिएको थियो ।

कोरोना देखिए पछि उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेजनमा भर्ना गरीको थियो । सुत्केरी व्याथाले चापेपछि उनको असोज ८ गते साढे एक बजे शल्यक्रिया गरेर उनको बच्चा निकालीएको थियो ।

अहिले बच्चालाई अस्पतालका एनआईसियुमा राखीएको छ भने महिलालाई आइसोलेसनमा राखीएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

शल्यक्रियामा चिकित्सकहरु एनेस्थेसिया सह प्रा डा रोहिणी सिग्देल, शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा चुनमाया पुन, बालरोग विभागका चिकित्सक डा प्रज्ञा शाक्य, नर्स आरती अधिकारी, लक्ष्मी पराजुली, गिता परियार र सहयोगी पवित्रा भण्डारी लगाएतको सहभागी भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese