no comments

नेपाली काग्रेस कास्कीको कोषाध्यक्ष माइकल कर्माचार्य

पोखरा, ८ माघ/ नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा शनिबार बसेको जिल्ला समितिको बैठकले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गरेको हो ।

अध्यक्षले राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिए । कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए । कांग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ ।

बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक नियुक्त गरेको छ । बैठकले कोभिड १९ विरुद्धको खोप प्रभावकारी रुपमा जनतालाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि र यातायातका साधनको भाडा वृद्धि विरुद्ध रचनात्मक आन्दोलन गर्न पार्टीले भातृ संस्थाहरुलाई निर्देशन दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese