no comments

खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख रुपैया पक्राउ

पोखरा, २६ साउन / नेपाल खानेपानी संस्थान बुटवलका कार्यालयका प्रमुख सन्तोष शाह श्रोत नखुलेको रकम सहित धादिङबाट पक्राउ परेका छन् ।

खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई नियन्त्रणमा लिएको हो ।

संस्थानको लु१ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ खानीखोलाबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनको गाडी चेक जाँच गर्दा श्रोत नखुलेको नगद २ लाख ३३ हजार र बैंकमा जम्मा गरेको भौचर ८ लाख २२ हजार सहित पक्राउ गरिएको अख्तियारका प्रबक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese