no comments

ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन

पोखरा, २३ फागुन/ हामी र हाम्रो सान, बेगनासताल हाम्रो आँगन” भन्ने नाराका साथ शनिवार एक सम्पन्न एक भेलाले हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरेको छ ।

बेगनासताललाई माया गर्ने विभिन्न उमेर समूहका व्यक्तिहरुको भेलाले नवराज ओझाको संयोजकत्वमा प्रवद्र्धन तथर्द समिति गठन गरेको हो ।

तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद थापा, गोविन्द जलारी, हरि बहादुर थापा, सुरेन्द्र बाबु तिवारी, राम बहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा रहेका छन् ।

यसैगरी अभियानको सल्लाहकारमा डा इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुंगाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेका छन् ।

बृहत भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरीपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका बिषयमा योजना बनाउन म्यान्डेट दिएको छ ।

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरैको मात्र बेगनासताल गन्तव्य भएको सन्दर्भमा बसाई लम्व्याउन विभिन्न निकायसँग छलफल र अन्तरक्रिया तथा बृहत्तर बेगनासको विकासका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गरिने अभियानका संयोजक नवराज ओझाले जानकारी दिए ।

राजनिति भन्दा टाढा रहेर सामूहिक एजेण्डामा अभियानले काम गर्ने हाम्रो बेगनासताल राम्रो बेगनासतालका अभियन्ता महेश पौडेलले जानकारी दिए ।

यसअघि कार्यक्रममा स्थानीय कृष्णप्रसाद ढुंगाना, नवराज ओझा, बुद्धि प्रसाद सुवेदी, महेश पौडेल लगायतले अभियानको बारेमा बोलेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese