no comments

संयुक्त एम्बुलेन्स चालक संघ कास्कीमा पौडेल

पोखरा, ११ असोज / संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्बिरोध निर्वाचित भएका छन् ।संघ कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्ष अम्जद मियाँ, सचिवमा कुशल कुँवर र कोषाध्यक्षमा चित्र बहादुर थापा चयन भएका छन् ।
यस्तै, समितीको सदस्यहरुमा बुद्दी पन्त, शिवकुमार श्रेष्ठ र कुल बहादुर गुरुङ्गलाई निर्वाचित गरिएको छ । कार्यसमितीमा केही सदस्यहरु आवस्यकता अनुसार थप गर्न सकिने बताएको छ ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा कास्कीबाट रामचन्द्र पहारीलाई छनोट गरिएको छ भने भेलाले केन्द्रिय सचिवालय सदस्यमा डिल्लीराम पौडेललाई मनोनित गर्न केन्द्रिय अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको नबनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय महासचिब मुक्ति काफ्लेले अब देश भरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै सबैलाई संगठित हुन आग्रह गरे । रामचन्द्र पहारीको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन डिल्लीराम पौडेलले गरेका थिए भने कार्यक्रमा होमनाथ पौडेलले स्वागत गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese