no comments

त्रिशूलीमा कार खस्यो, पोखराका ३ जना बेपत्ता, १ घाइते

पोखरा, ८ असोज/ काठमाडौंबाट पोखरा आउदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

ग.२ च ४९१८ नम्बरको कार गएराति १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नंम्बर १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

घाइतेको अवस्था मध्यम रहेको छ । प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese