no comments

पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्ट पुरुष तर्फ नविन र महिला तर्फ पार्वती उत्कृष्ट

पोखरा, १८ असार/ पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा उत्कृष्ट पुरुष तर्फ नवीन रसाइली (कराते) र महिला तर्फ पार्वती गुरुङ (तेक्वान्दो) उत्कृष्ट घोषित भएका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पोखरा महागनरपालिकाकी उपमेयर मन्जु गुरुङ लगाएतले जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गर्दै सम्मान गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) लाई सम्मानीत गरेका छ । उनलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाले समान भए ।

उदीयमानतर्फ दुवाना लामा (पौडी) ले अवार्ड पाउन सफल भइन् । यो विधिमा प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) मनोनयमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा सुरेश मल्ल ठकुरी (बक्सिङ) अर्वाड जितेका छन् ।

यो विधामा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) बाट मनोनयनमा परेका थिए । मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघले पाएको ।

त्यसै गरी उत्कृट खेल पत्रकारमा सन्देश श्रेष्ठ र केशब पाठकले नगद ३५ हजार सहित, सम्पानपत्र र दोसल्लाले समानीत भए । अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गरेका अध्यक्ष एकराज गिरीले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese