no comments

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने

पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ ।

आयोजक सहारा क्लबले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

२० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।

प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् ।

१९ औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

TechSansar.com - Technology Navigator website for Nepalese