no comments

बिहीबार पनि केहीस्थानमा भारी वर्षाको सम्भावना

पोखरा, १४ साउन / मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको पूर्वानुमान यस्तो छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०४-१५, बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पुर्वि तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १ गते (शनिबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश प्रदेश १,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २  प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

TechSansar.com - Technology Navigator website for Nepalese