no comments

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी १४ लाख घुससहित पक्राउ

काठमार्डौ, १७ साउन / तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित अख्तियारको टोलीले पक्रा गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार टोलीले जनाकारी दिएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै काठमार्डौ पुगेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese