no comments

तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु

पोखरा, ५ साउन / तनहुँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । तनहुँको भानु नगरपालिका ९ सिमगैरामा बस्ने महिन्द्र धरालिको घर र संगै रहेको निजको भाईको घर माथिबाट पहिरोले दुबै घर बगाए छ ।

महेन्द्र धरालीकी आमा ८० बर्षिय तिलमाया धराली र छोरी १७ बर्षिय त्रिप्सा धरालिको मृत्यु भएको हो ।

पहिरोले वेपत्ता भएका प्रहरी टोली खटिई खोजीकार्य गर्ने क्रममा त्रिप्सा धरालीलाई उद्दार गरि उपचारको क्रममा मृत्यु भएको र तिलमाया धराली मृत अवस्थामा पहिरोबाट निकालिएको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese