no comments

कोरोनाबाट साउदीमा स्याङ्जाका रोशनको मृत्यु

एजेन्सी/रोजगारीका लागि साउदी अरब गएका स्याङ्जाका गल्याङ्गका ३४ वर्षीय रोशन श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गल्याङ् नगरपालिका ८ तिनदोवाटे घर भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एनए मिडिया जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए ।

कोरोना संकमण देखिएपछि साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा भर्ना भएका उनलको उपचारका कै क्रममा ३५ दिनमा मृत्यु भएको हो ।

उनी नेपालमा लकडाउन हुनुभन्दा एक दिन अघिमात्र साउदी अरब पुगेका थिए । श्रेष्ठका पत्नी, आमा र एकजना भाइ छन् । पत्नीसहित साउदी बस्दै आएका श्रेष्ठले पछिल्लो पटक पत्नीलाई काठमाडौंमा बस्ने व्यवस्थापन मिलाएर आफूमात्र गएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese