no comments

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, ५ माघ / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

निगमले सोमबार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो ।

मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर

९३ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको

भनाइ छ ।

TechSansar.com - Technology Navigator website for Nepalese