no comments

भूकम्पले लमजुङ र पर्वतमा घर भत्कीए

पोखरा, ३१ भदौ / बुधबार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प धक्काले लमजुङ र पर्वतमा घर भत्किएका छन् ।

लमजुङ बेशिसहर नगरपालिका ११ तिवारीडाँडा स्थित ४५ की अम्विका तिवारीको ढुङ्गा माटोले बन्नेको दुई तले कच्ची घर भूकम्पको कारणले भत्कीएको छ ।

त्यसै गरी भुकम्पको धक्काले पर्वत कुष्मा नगरपालिका १ पाङ बस्ने नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ताछानो सहित भत्किएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

अन्दाजी ५ लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।

TechSansar.com - Technology Navigator website for Nepalese