no comments

पहिरोले मुग्लिन– नारायणगढ सडक अवरुद्ध

चितवन, ५ साउन / मुग्लिन– नारायणगढ सडकखण्ड सोमबार बिहान गएको पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि मुग्लिन– नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुने प्रहरीले जनाएको छ । प्रहरीले यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese