no comments

बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुल बाग्लुङ/पर्वत–एक परिचय

पर्वत जिल्लाको पाङलाई बाग्लुङ जिल्लाको सदरमुकामसँग जोड्दै त्यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको निर्माण गरिएको हो ।

उक्त झोलुङ्गे पूलकोे निर्माण सँगै झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढ्ने भएको छ – पदयात्री हिँड्ने संसारकै लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला ।

बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको लम्बाई ५६७ मिटर रहेको छ । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूल संसारकै सबैभन्दा लामो भनिएको पदयात्री हिँड्ने झोलुङ्गे पूल स्विट्जरल्याण्डको ४९४.०० मिटर लामो ऋजबचभिक प्गयलभल एभमभकतचबष्ल द्यचष्मनभ (स्रोत https://www.zermatt.ch/en/Media/Attractions/The-Charles-Kuonen-Suspension-Bridge भन्दा ७३.०० मिटर लामो छ ।

सस्पेन्सन बृज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारको झोलुङ्गे पूलहरुको निर्माण गर्ने जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यस सस्पेन्सन बृज डिभिजनले हालसम्म निर्माण गरेको झोलुङ्गे पूल भन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पूलको आफ्नै जनशक्ति मार्फत् सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो । उक्त झोलुङ्गे पूलको निर्माण हुनु अघिसम्म डिभिजनमा रहेको ज्ञान, सीप, अनुसन्धान, विद्यमान प्रविधि र निर्माण व्यवसायीको क्षमताको आधारमा ३५९ मिटर लम्बाईसम्मको एकल स्पानको क्गकउभलमभम ९म् तथउभ० झोलुङ्गे पूलकोे निर्माण हुँदै आएको थियो ।

यस झोलुङ्गे पूल निर्माण गर्दा डिभिजनलाई चुनौति र अवसर दुवै थियो । चुनौति यस मानेमा कि झोलुङ्गे पूल निर्माण गर्दा प्राबिधिक दृष्टिकोणबाट सम्भव नहुन पनि सक्छ भन्ने र लठ्ठा तान्ने प्रबिधि नयाँ भएकोले सो प्रबिधिबाट लठ्ठा तान्न सफल हुने नहुने भन्ने द्विविधा रहेको थियो । अर्कोतर्फ यस प्रकृतिका लामो झोलुङ्गे पूलको निर्माण हालसम्म नभएकोले सो झोलुङ्गे पूल निर्माण सहज भएमा थप यस्ता प्रकृतिका झोलुङ्गे पूल निर्माण गर्न अवसर प्राप्त हुने अवस्था थियो ।

विश्वकै लामो झोलुङ्गे पुल

विश्वकै लामो झोलुङ्गे पुल

यस झोलुङ्गे पूल निर्माणको क्रममा लठ्ठा तान्ने कार्यलाई विशेष चुनौतिको रुपमा लिईँदै आएकोमा डिभिजनबाट विन्च मेसिन (Winch Machine) खरिद गरी लठ्ठा तान्ने प्रविधि भित्र्याएपछि उक्त झोलुङ्गे पूलको निर्माण कार्य सम्भव भएको हो । उक्त प्रकृतिको लामो झोलुङ्गे पूलकोे निर्माण सफल भएसँगै डाँडाकाँडा, नदिनाला, अग्ला पहाड, खोँचले भरिएको नेपालको भुगोलभित्र दुरदराजमा रहेका नागरीकहरुको आवतजावत र सेवासुविधाको पहँुच सम्भव हुनेछ । यस झोलुङ्गे पूल निर्माण अनुभवले विशिष्ट प्रकृतिको झोलुङ्गे पूल विकास, विस्तारमा थप टेवा पुग्ने छ ।

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी थानी बि.एल.टि.हिमशिखर जे.भी. सँग मिति २०७५-११-२१ मा सम्झौता भएको थियो । उक्त झोलुङ्गे पूलको शिलान्यास राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेश तिमल्सिना मिति २०७६ बैशाख १ गते भएको थियो । झोलुङ्गे पूलको निर्माणको क्रममा निर्माणस्थल भन्दा तलतिर पर्ने मध्यपहाडि राजमार्ग, कालीगण्डकी राजमार्ग र विद्युत् प्रसारण लाइन (High Transmission Line) को कारण लठ्ठा तान्ने क्रममा साथै भौगोलिक विकटताको कारण विण्डगाई ब्लक (Windguy Block) निर्माणका क्रममा आएका कठिनाईका बाबजुद डिभिजनको कर्मचारीहरुको मेहनत र समन्वय, निर्माण कार्यमा संलग्न श्रमिकहरु र निर्माण व्यवसायीको अथक प्रयास र व्यवस्थापन साथै स्थानीय सरोकारवालाहरुको सहयोग र समन्वयको कारण उक्त झोलुङ्गे पूलको निर्माण कार्य शुरु भएको १५ महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न भएको हो ।

उक्त झोलुङ्गे पूलकोे निर्माण कार्यको लागि रु १२,२२,१८,९५७– लाग्ने अनुमान गरिएकोमा स्थानीय पूर्वाधार विभागबाट उपलब्ध गराईएको रु २,१८,७४,२०१ बराबरको लठ्ठा तथा बुल्डग ग्रिप्स बाहेक निर्माण कार्यको लागि निर्माण व्यवसायीसँको सम्झौता रकम भ्याट सहित रु ८,२७,०६,३८१– रहेको थियो । उक्त झो.पु.को निर्माणका क्रममा करिब ३५०० जना दिन ९ःबल म्बथ० प्रत्यक्ष रोजगारी सिर्जना भएको थियो । उक्त झोलुङ्गे पूलको भारबहन क्षमता एक पटकमा ६१२ पदयात्री रहेको छ ।

मध्यपहाडि राजमार्ग र कालीगण्डकी कोरीडोरको संगम बिन्दु मालढुंगा माथि उक्त दुवै राजमार्ग र कालीगण्डकी नदिमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पूल बाग्लुङ सदरमुकाम र पश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध धार्मिक क्षेत्र कालिका भगवती मन्दिर क्षेत्र नजिक रहेकोले उक्त क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रमा थप योगदान पुग्ने देखिन्छ ।

झोलुङ्गे पूलको निर्माणसँगै सो क्षेत्रको जनताको शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा, बजारसम्मको पहुँच सुविधामा समेत सुधार भएको छ । यस झोलुङ्गे पूलको निर्माण पश्चात् पाङतर्फ आर्थिक विकासका गतिविधि अगाडि बढ्ने समेत देखिन्छ । झोलुङ्गे पूलकोे निर्माणसँगै घण्टौं लामो यात्रा गरी पाङबाट नजिकको बजार क्षेत्रमा आउने स्थानीय जनताको अबको यात्रा समय १५ मिनेटमा झरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese