no comments

स्याङ्जामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु

पोखरा, ८ असोज / स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । पहिरोले पुरिएर २७ बर्षीय उमाकला नेपाली, ४८ बर्षीय माया नेपाली, ३० बर्षीय दिपक नेपाली, ६० बर्षीय सानी नेपाली र ९ बर्षीय बिवश नेपाली, १४ बर्षीय बिक्रम नेपाली, १९ बर्षीयकी बिनिता नेपाली, २१ बर्षीय कुलदिप नेपाली, ७ महिनाको बालक रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ । पहिरोले बाबुराम दमाई र जगत बहादुर दमाईको घर बगाएका छ ।

घर भित्र बाबुराम दमाईको छोरा बिष्णु दमाई पुरीएका हुन् । स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese