no comments

गुल्मीमा पहिरो जादाँ एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी, १७ साउन / गुल्मीमा शुक्रबार साँझ अविरल वर्षाले घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरबाट ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese