no comments

बागलुङमा पहिरो, एकको मृत्यु एक जना बेपत्ता

पोखरा, ११ साउन / बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

बेपत्ता मध्ये एकको शव विहान साढे ९ बजे फेला पारेको गण्डकी प्रहरी कार्यालय पोखराका प्रवक्ता किरण राणाले जानकारी दिइन् ।  अर्को एक जनाको खोजी भइरहेका उनको भनाई छ ।

टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता थिए भने स्काभेटर चालक सम्पर्कमा आएका थिए । ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त रहेको छ । राति र अहिले बिहान देखि उद्धारकार्यमा खटिएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese