no comments

प्याराडिसो स्पोर्टस् बारमा क्रिसमस विशेष साङगितिक कार्यक्रम

पोखरा, ९ पुष / पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा क्रिसमस विशेष कार्यक्रमको आयोजना गरेको छ ।

क्रिसमसको अवसरमा डिसेम्बर २४ अर्थात् पुस ९ गते क्रिसमस इभ पार्टी आयोजना गरेको प्याराडिसो स्पोटर््स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । क्रिसमस इभ विशेषसाङगीतिक कार्यक्रम हुने छन् ।

पोखरा आएका केही स्वदेशी तथा विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन कार्यक्रमको आयोजना उनले बताए । पोखरा आएका धेरै पर्यटकलाई कोरोनाको यो महामारीमा क्रिसमस पनि फिक्का नबनो भनरे कोरोनाको स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गरेको जानकारी दिए ।

उनले क्रिसमसमा हुने खर्चिला कार्यक्रम धान्न सक्ने अवस्था नहुँदा नहुँदै पनि परम्परालाई कायम राख्न कार्यक्रमको आयोजना गरेको बताए । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बारलाई सञ्चालन गर्दै आएको बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese