no comments

आत्महत्याको विषयमा छोटो फिल्म ‘सोल्यूशन’

पोखरा, १७ असोज/ छोटो फिल्म‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिकभएको छ । कोरियोग्राफिमाआफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनिनिर्देशन गरेका हुन् । फिल्ममाउनीआफैँले अभिनय समेत गरेका छन् ।

करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमापारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्नखोजेका हुँ । अहिले सामान्य कुरामापनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदाहजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिनखोजेको हुँ ।’ अभिनेतातथानिर्देशक नेपालीले भने ।

प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिनथालेको छ । क्षणिक आवेशमाआएर सानै उमेरमा आत्महत्यागर्दा उनीहरुको परिवारमा ठुलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन् । आत्महत्या दर दिनहुँ बढ्दो छ । ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजकालागिनिकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोँच्नआवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने–‘मैले भन्नखोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन् ।’

चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिकफिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चनभुजेल र तारा शर्माको अभिनय रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese