no comments

सुलभको दशैं तिहार उपहार विजेतालाई स्कुटर

पोखरा, २७ असोज / पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड द्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि दशैं तिहार उपहार योजना ल्याएको छ ।

उपहार योजनाको संस्थाका अध्यक्ष विश्वराज पौडेलले शुभारम्भ गरेका छन् । प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने उनले बताए ।

उपहार कार्यक्रमको नतिजाको घोषणा मिति २०७७ माघ १ गते एउटा औपचारीक कार्यक्रम आयोजना गरि सार्वजनीक गरिने उनले बताए ।

प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलईडि टेलिभिजन, पाचौं पुरस्कार माईक्रो वेभ वभन र धेरै मात्रामा सान्तोना पुरस्कार रहेको संस्थका सचिव लक्ष्मण बराले जानकारी गराए ।

१० वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा विक्रि वितरण गर्दै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese