no comments

सुलभ सहकारीको शुभकामना आदानप्रदान, ‘सस्तोमा सामान विक्रि गरेका छौ’– अध्यक्ष भट्टराई

पोखरा, ५ कात्तिक / पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले बुधबार शुभकामना आदान प्रदान गरेको छ । नेपालीहरुको ठुलो चाड देशै, तिहार र छठ लगाएतका पर्वहरुको शुभकामना आदान प्रदान गरे ।

सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले शुभकामना व्यक्त गरे । सहकारीका कार्यसमिति सल्लाकार र अन्य शुभेक्छुकहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

शुभकामना कार्यक्रममा अध्यक्ष भट्टराई सहकारीद्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि सस्तोमा सामान विक्रि गर्दै आएको बताए । उनले दशैं तिहारलाई लक्ष्त गर्दै ग्राहका लागि उपहार योजना ल्याएको बताए । उनले गुणस्तरीय र सस्तोमा सामग्री दिनु नै सुलभको लक्ष्य रहेको बताए ।

उनले प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने उनले बताए । उपहार कार्यक्रमको नतिजाको घोषणा मिति २०७७ माघ १ गते एउटा औपचारीक कार्यक्रम आयोजना गरि सार्वजनीक गरिने उनले बताए ।

प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलईडि टेलिभिजन, पाचौं पुरस्कार माईक्रो वेभ वभन र धेरै मात्रामा सान्तोना पुरस्कार रहेको संस्थका निर्देशक लक्ष्मण बराले जानकारी गराए ।

१० वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा विक्रि वितरण गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सहकारीका सचिब चौबहादुर गुरुङले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese