no comments

बैंकिङ कसुर मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ

काठमाडौं, ५ साउन / बैंकिङ कसुरको मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

२०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पक्राउ गरेको डिआइजी शहकुल थापाले जानकारी दिए ।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो । अदालतको सो फैसलापछि फरार रहँदै आएका उनलाई आज नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

सिद्धार्थ डेभलपमेन्ट पछि जनता बैंकमा बिलय भएको थियो । हालै जनता बैंक ग्लोबल आइएमई बैंकमा बिलय भएको छ ।
प्रतीकात्मक तस्बिर

TechSansar.com - Technology Navigator website for Nepalese