no comments

पोखरामा ट्रिपल फाइव ओरेन्ज सयपत्रीको फुलको सफल परीक्षण

पोखरा, ३० कात्तिक / कृषि क्याम्पस चितवनमा पढ्दै गरेका युवाले पोखरामा ट्रिपल फाइव सयपत्रीको फुलको सफल उत्पादन गरेका छन् । तीन युवा जगदीशनाथ योगी, सन्तोष अधिकारी बिशाल अधिकारी फूल खेती गरे सफल उत्पादन गरेका हुन् ।

उनीहरुले कुटोकोदालो कृषि फर्म दर्ता गरे । पोखरा महानगरपालिका २८ मा बाँझो चार रोपनी जग्गामा फूल खेती गरेका हुन् । अहिले ट्रिपल फाइव ओरेन्ज जातको सयपत्री फुल ढकमक्क फूलेको छ ।

उनीहरुले लकडाउनको समयको सदूपयोग गर्दै आर्थिक रुपमा आत्मनिर्भर हुन व्यवसाय शुरु गरेको बताए । पहिलो पटक तिहारलाई लक्षित गरेर फूल खेती गरे गरेको जगदीशनाथ योगीले बताए । उनले २५ सय बेर्ना रोपेको बताए ।

उनीहरुले एक लाख लगानी गरेको र खर्च कटाएर फूल बिक्री भए चार लाख नाफा हुने बताएका छन् । उनीहरुले एक थुंगा फूलको तीन रुपैयाँ र माला एक सय रुपियाँमा बिक्री गर्ने गरेको बताए । अन्य ट्रिपल फाइव ओरेन्ज जातको सयपत्री फुल धेरै फुल्ने र राम्रो देखिने योगीले बताए । उनले यो जातको फुल विस्तार गरेर जाने हो भने पोखरामा बाहिरबाट फूल आयाता गर्ने नपर्ने दावी गरे । यो फुल एउटै बोटबाट १ सय भन्दा बढि फुल्ने गर्दछ ।

अग्लो ठाँउ भएकाले त्यहाँबाट फुलसंगै पृष्ठभुमिमा देखि हिमश्रृृखलाले सबैको मन लोभ्याउने भएका कारण आन्तरीक पर्यटकको गन्तब्य समेत बन्ने उनको दावी छ । यो वर्ष कास्कीमा धेरै क्षेत्रफलमा फूल खेती गर्नेहरु उनीहरु नै भएका छन् । यो फुल ६० दिनमा फूल्ने उनीहरुको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese