no comments

पोखराको बुलौंदीमा कुमुदिनी नर्सरी

पोखरा, १५ फागुन/ पोखरा ७ बुलौंदीमा कुमुदिनी नर्सरी सञ्चालनमा आएको छ ।

दामोदर पराजुली र मिना बराल पराजुलीले नर्सरी सञ्चालनमा ल्याएका हुन् । नर्सरीमा विभिन्न तरकारीका विरुवा, फलफुल र फुलका विरुवा पाइने सञ्चालक दामोदर पराजुलीले जानकारी दिए ।

नर्सरीमा घर भित्र र घर बाहिर रोप्न सकिने विभिन्न फुलका विरुवा कागती, अनार, अम्बा, मेवा, लिची, आँप, कटहर, भूइकटर, सुन्तला, नास्पति, स्याउ, किवी, अंगुर लगायतका बिरुवा पाइने उनले बताए ।

तरकारी र जडीबुटीका बिरुवा समेत पाइने उनले बताए । नर्सरीमा २५ रुपैया देखी २ हजार रुपैया सम्मका विरुवा अहिले रहेको उनले बताए । करिब ६ लाखको लागतमा शुरु भएको नर्सरीमा क्रमश लगानी थप्दै जाने उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese