no comments

आयल निगमले बढायो फेरी पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १८ साउन / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई /दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्यवृद्धि पछि डिजेल र मट्टीतेल ९० र पेट्रोल प्रति लिटर १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

अगष्ट एकमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese