no comments

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओमा आजदेखी आवेदन, कति कित्तासम्म भर्ने ?

काठमाण्डौं, २ माघ/ नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ २ गते आज देखि निश्कासन हुने भएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ । आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

सबैभन्दा ठुलो आकारको आईपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ । प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना रहेको शेयर बजारका जानकारहरु बताउ छन् ।

न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने उनीहरुको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese