no comments

नाट्टा पोखराको साधारणसभाः राज्यले पर्यटनबारे नसोच्दा व्यवसायीको पलायन भएको गुनासो

पोखरा, ८ चैत्र / कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै व्यूँतिन नसकेको पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् ।

पर्यटन क्षेत्र उठ्नै नसक्ने गरि थला परेपनि सरकारले उकास्नका लागि वास्ता नगरेको व्यवसायीको भनाई छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को पोखरामा भएको साधारणसभामा सहभागि व्यवसायीले पर्यटन क्षेत्र उकास्नका लागि सरकारी पहल नहुँदा आफुहरु निराश बनेको बताए ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पोखरालाई सबै प्रदेशसम्म हवाई सेवाले जोडेर पर्यटन विस्तार गर्ने आश्वासन दिए ।

उनले असारसम्म गण्डकी प्रदेशको पोखराबाट ६ वटा गन्तव्यसम्म पहुँच बिस्तार गर्ने बताए । मन्त्री लम्सालले गण्डकी प्रदेशलाई प्रकृति र संस्कृतिले साथ दिएको भएपनि पूर्वाधारको हिसाबले अझै प्रगति गर्न नसकेको छ ।

नाट्टा लुम्बिनीका अध्यक्ष कृष्ण अधिकारीले कोरोनाको मारमा सबै क्षेत्र परेपनि पर्यटन भने उठ्नै नसक्ने गरि थलिएको बताए । कोरोनाको मार केही कम भएपछि अरु क्षेत्रले पहिलेकै अवस्थामा फर्किने गरि लय लिएपनि पर्यटन भने अझै अप्ठेरोमा रहेको उनको भनाई छ ।

नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोनाका कारण एकवर्षसम्म घरमै बस्नुपर्ने बाध्यताले धेरै पर्यटन व्यवसायी पलायन भएको बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese