no comments

माछापुच्छ्रे बैंकले पोखराका तीन ठाउँमा क्युआर कोड सेवा शुरु

पोखरा, १५ फागुन/ सबै क्षेत्रका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा.लि. र श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यु आर कोड सुरु गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का .मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले उक्त सेवाको सुरुवात गरे । कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्की पनि उपस्थित थिए ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार, श्री कम्प्लेक्समा तरकारी, फलफूल  अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेन् । पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहके नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

ग्राहकले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९ हजार पुगेको छ । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese