no comments

पोखरा महानगरमा अनलाईन मार्फत कृषक वर्गिकरण गर्ने

पोखरा १२ असोज / पोखरा महानगरपालिकाले अनलाईनमार्फत कृषकहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्रवितरण गर्नकालागिअनलाईन मार्फत  आवेदनलिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरले तयार पारेको वेवसाईट https://apms.pokharakrishi.com मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । सोमबार महानगरका प्रमुख मानबहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गरे । सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमैजानकारी गराउनु पर्नेमा जोड दिए ।

कृषि क्षेत्रको समग्र विकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालय सम्मै धाउनु पर्ने बाध्यता अन्त्यका लागि अनलाईन फारमको व्यवस्था गरिएको बताए । कृषकहरुले सबै विवरण घरमै बसेर मोवाईलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाईएको उनले बताए ।

फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहजहुने उनको भनाई थियो । कोरोना भाईरसको महामारीका बेला कार्यालयमा भिडभाड गर्नुभन्दा अनलाईनबाटै कामगर्दा छरितो पनि हुने उनको धारणा थियो ।
कृषि क्षेत्रमा संलग्न कृषकहरुलाई संलग्न तालिकामा दिईए अनुसारको विवरण अनलाइनबाट भर्न उनले अनुरोध गरे ।

कृषकहरुले पेश गरेको विवरण सम्बन्धित वार्डले रुजु गरि सिफारिसका साथमहानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र बर्गिकरण सहितको कार्ड प्राप्तगर्ने उनले जानकारी दिए । उक्त कार्यविधिमा केहि परिबर्तन भएकोले बिगतमा कार्ड लिएका कृषकहरले पनि पुनःफर्म भर्न उनले अनुरोध गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese