no comments

बाँझापाटनमा फटाफट बेकरी एण्ड क्याफे संचालन

पोखरा, ३० भदौ / कोरोना कहरका वीच पोखरा महानगरपालिका वडा नं १३ बाँझापाटन मा फटाफट बेकरी एण्ड क्याफेको सोमवार शुभारम्भ भएको छ । वडा नं १३ काविडा अध्यक्ष दर्शन लामाले सो क्याफेको शुभारम्भ गरेका हुन ।

अध्यक्ष लामाले समाजमा कोरानाले असर पारेपनि नयाँ व्यवसाय संचालन गर्नु आँफैमा चुनौती संगै अवसर पनि रहेको भने । बेकरीले अनलाइनसँगै घर घरमा वितरण र्दे सुविधा दिएकोले भविष्य राम्रो भएको अध्यक्ष लामाले वताए ।

पाँच वर्ष पहिला दुवईमा फुड कम्पनीमा कार्यरत वडा न १३ का तेजबहादुर गुरुङले सो क्याफे संचालन गरेका हुन् । फटाफट क्याफेले लकडाउन अवधी भरी पोखरामा होम डेलिभरको सुविधा सहित आफ्नो सेवा प्रदान गरेको छ ।

३१ वर्षीय तेजवहादुरले विदेशमा शिकेको ज्ञान आफ्नै जन्मभूमीमा सेवा गर्ने उद्देश्यले क्याफे सुरु गरेका हुन् । दश लाख वरावरको लगानीमा क्याफे संचालन गरीएको छ । सो कार्यक्रममा एस जे एस हट स्पाइसीका सदस्य सन्देश गुरुङले कर्यक्रम संचालन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese