no comments

पर्यटन व्यवसायीलाई चिनीया भाषा तालीम

पोखरा, २० माघ/ नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा कृयाशिल ४२ जना पर्यटन व्यवसायीका लागि चिनीया भाषा कक्षा तालीम सोमबारदेखि सुरु गरेको छ ।

नेपाल आउने चिनीया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनीया भाषा कक्षा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।

तालीमको ढद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताउनुभयो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनीया भाषा कक्षा तालीम बहुउपयोगी बन्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पोखरा ओभर्सिज चाइनिज एशोसिएसनका सचिव Xiang Shasua, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टा पूर्व अध्यक्ष परिषद्का सह संयोजक पशुपति शर्मा , नाट्टा गण्डकी प्रदेशका प्रथम

उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थानका लागि सरकारको पर्यटनमैत्री नीति आवश्यक हुनेमा जोड दिनुभयो ।

TechSansar.com - Technology Navigator website for Nepalese