no comments

युवा उद्यमी मन्चको समर्थन पोखरेललाई

पोखरा, २१ पुष/ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेसनमा प्यानल घोषणा गरेर उम्मेदवारी दिएका नारायण कोइराला प्यानलका अधिकांश उम्मेदवारलाई संस्थागत निर्णय गरेरै सहयोग गर्ने संघ संस्थाहरुले जनाएका छन् ।

युवा उद्यमी मन्चले वाणिज्य तर्फका उम्मेदवार अर्जुन पोखरेललाई सहयोग गर्ने निर्णय गरेको छ । यो संस्थामा १ सय १० सदस्य छन् । मन्चका सदस्य समेत रहेका उनलाई निर्वाचित गराउन सबैसँग मन्चले आह्वान गरेको छ ।

यस्तै, पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास संघले पनि पोखरेललाई मतदान गरिदिन संस्थागत अपिल गरेको छ ।

होटल संघले सोही प्यानलबाट उम्मेदवारी दिएका कार्यसमिति सदस्य देवेन्द्र केसीलाई समेत मत मागिदिएको छ । होटल संघमा २ सय ५० भन्दा बढी सदस्य उद्योग वाणिज्य संघका मतदाता छन् भने आवास संघसँग झण्डै २ सय मतदाता रहेको संस्थाले दावी गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese