no comments

विश्वकप फुटबल छनोटको तयारीका लागि नेपाली फुटबल टिम पोखरामा

पोखरा, ९ माघ / विश्वकप फुटबल छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुत्रबार देखी पोखरामा प्रशिक्षण शुरु भएको छ । नेपाली फुटबल टिमले पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको हो ।

माघ २१ गते सम्म पोखरामा रहेर बन्द प्रशिक्षणमा रहने टोलीमा ३५ खेलाडी र ९ जना अफिसियल बिहीबार पोखरा आएका थिए ।

नेपाली टिमले सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा विश्वकप छनोटको तयारी भए पनि महिला राष्ट्रिय लिग सञ्चालन भएपछि नेपाली टिम पोखरा आएको हो ।

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्दैछ । नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ ।

नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने छ । यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ । छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

TechSansar.com - Technology Navigator website for Nepalese