no comments

म्याराडोनाका डाक्टरको घर र क्लिनिकमा प्रहरीको छापा

काठमाडौं, १५ मंसिर / चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको चार दिनपछि उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा प्रहरीले छापा मारेको छ ।

अर्जेन्टिनाका म्याराडोना संसारका सबैभन्दा चर्चित र महान खेलाडीमध्ये एक हुन् । प्रहरी छापामारी मार्फत् म्याराडोनाको उपचारमा कुनै लापरवाही त गरिएको थिएन भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६० वर्षको उमेरमा म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको घरमा हृदयघातका कारण उनको निधन भएको थियो ।

म्याराडोनाका छोरीहरुले आफ्ना पितालाई कस्ता औषधी दिइएको थियो, यसबारे अनुसन्धान होस् भनेर माग गरेका थिए ।

नोभेम्बर महिनाको सुुरुवातमा नै म्याराडोनाको मस्तिष्कबाट जमेको रगत निकाल्न गरिएको शल्यक्रिया सफल भएको थियो । यसबाहेक रक्सीको लत छुटाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।

डा. लुकेले आफूले प्रहरीको अनुसन्धानमा मद्दत गरिरहेको बताएका छन् । उनले म्याराडोनाको ज्यान बचाउन अन्तिम अवस्थासम्म पनि हरसम्भव प्रयास गरिएको बताए ।

यो छापामारी मुद्दा चलाउने व्यक्तिहरुको आदेशमा हानिएको थियो जसमार्फत् म्याराडोनाका अन्तिम दिनमा के–के भएको थियो भनेर पत्ता लगाउने कोसिस भइरहेको छ ।

जब म्याराडोनालाई स्वास्थ्य लाभका लागि घर पठाइएको थियो तब उनी डिस्चार्ज हुने स्थितीमा नै नभएको बताइँदै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese