no comments

वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस

काठमाडौं, २९ भदौ / सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस राष्ट्रपतिलाई सिफारिस गरेको हो । भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत फागुन २० गतेदेखि खाली छ । राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये तीन जानलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई दोहो¥याउन चाहेका थिए । गौतम २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese