‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ड च्याम्पियनसीप २०२१’ तयारी, राष्ट्रिय विजेता अमेरीकामा भाग लिन पाउने
पोखरा, १७ माघ / ‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप २०२१’ को प्रतियोगीताका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बीसौँ माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप नेपालको लागि राष्ट्रिय पार्टनर दीपआईटी एण्ड एजुकेशनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका पोखराका सञ्चालक दिनेश लामिछानेले पोखरामा पत्रकार संम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिनुभएको हो ।
लामिछानेले प्रतियोगीताको रजिष्ट्रेशन नेपालभर चलिरहेको र जिल्ला स्तरको प्रतियोगीताको लागी सम्बन्धित जिल्ला पार्टनरहरुलाई आवश्यक व्यवस्थापन सम्बन्धित तालिम पनि दिइसकेको बताउनुभयो । लामिछानेले भन्नभयो “माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो ।
जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तर्राष्ट्रिय प्रमाणपत्र हो ।”
उहाँले अहिलेको समय सुचना प्रविधिको समय भएको उल्लेख गर्दै पछिल्लो समय हरेक क्षेत्रको कार्य सम्पन्न गर्नको लागी माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टको प्रयोग कुनै न कुनै रुपमा हुने गरेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगीतामा कम्प्युटर बिषय लिएर पढेका र कम्प्युटरमा रुचि राख्ने विद्यार्थीलाई मात्र नभइ जुनसुकै विषयका विद्यार्थीले पनि यस प्रतियोगीतामा सहभागी हुन सक्नेछन् ।
विशेषगरी १३ वर्षदेखि २२ वर्ष उमेर समुहका विद्यार्थीले दीप आइटीका पार्टनर वा कार्यालयबाट आवेदन भर्न सक्नेछन् । प्रतियोगितामा सहभागीहरुले दुईहजार १ सय ७० रुपैया शुल्क बुझाउनुपर्नेछ । आवेदन दिनेहरुलाई ‘माइक्रोसफ्ट लर्निङ टिच’ सफ्टवेर प्रदान गरिनेछ ।
विद्यार्थीलाई भाग लिन सहज होस् विषयगत दक्षता बढोस् भन्ने उद्देश्यले जिल्ला समन्वय समिति, प्याब्सन, एनप्याब्स,युनिप्सको समन्वयमा नीजि विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरुलाई यस विषयमा प्रशिक्षणसमेत दिइसकिएको छ । प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको लाभ लिन सक्ने उहाँको भनाइ छ ।
लामिछानेका अनुसार योविश्वकै सुचना प्रविधीको क्षेत्रको ठुलो प्रतियोगिता हो, जसमा विश्वका १३५ भन्दा बढी राष्ट्रहरु सहभागी हुनेछन् । माईक्रोसफ्ट अफिस, माईक्रोसफ्ट कम्पनीले निर्माण गरेको सफ्टवयर हो ।
प्रतियोगितामा सहभागीको परीक्षा पनि माईक्रोसफ्टलेनै लिने र उतिर्ण बिद्यार्थीहरुलाई सर्टिफाई गराउने कार्य पनि माईक्रोसफ्टले गर्ने लामिछानेले बताउनुभयो । उहाँले नेपालजस्तो मुलुकमा प्रतियोगीता विद्यार्थीहरुको लागि सुचना प्रविधिको क्षेत्रमा ज्ञान आर्जन गर्ने र अन्तराष्ट्रीय तहको प्रमाणपत्र हासिल गर्नुको साथै आफ्नो प्रतिभा प्रस्तुत गर्ने राम्रो अवसर भएको बताउनुभयो ।
प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहको हुनेछ भने छ ओटा बिधामा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रत्येक जिल्लाबाट विधागत छ जना बिजेताले नेशनल च्याम्पियनसीपमा प्रतिनिधित्व गर्न पाउने छन् ।
जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका विजेताहरु नेशनल च्याम्पियनसीपका पुग्नेछन् । जसबाट प्रत्येक विधाका बिजेता ६ जना विद्यार्थी राष्ट्रिय विजेता हुनेछन् । राष्ट्रिय बिजेता नै वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जानेछन् ।