no comments

टाइगर कप भलिवलः पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

पोखरा, २७ पुष/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् ।

मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी विभागिय क्लव नेपाल पुलिस संग ३–० को सोझो सेटमा पराजित भएको छ । एपिएफ संग पहिलो खेल जितेर उत्साहका साथ मैदान उत्रिएको गण्डकीलाई पुलिसले २५–२२ ले जित्दै पहिलो सेटबाटै दवावमा राख्दै अग्रता कायम गरेको थियो ।

यसै गरी दोश्रो सेट २५–१८ र तेश्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै नेपाल पुलिस क्लव राउण्ड रोविन लिगमा अंक जोड्न सफल भएको छ । उक्त खेलमा पुलिसमा विशाल भट्टराई म्यान अफ दि म्याच भएका छन् भने सोही टिमका भिम गाहा उत्कृष्ट डिफेण्डर घोषित भए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फ पुलिसको यो लगातार दोश्रो जित हो ।

यसै गरी पुरुषतर्फको एक अर्को खेलमा विभागिय क्लव नेपाल आर्मी क्लवले अर्को विभागिय क्लव एपिएफ माथी ३–१ ले जित दर्ता गरेको छ । आर्मीले पहिलो सेट २५–१६ ले जित्दै अघि बढ्ने प्रयास गरे पनि दोश्रो सेटमा एपिएफ खेलमा २५–२३ ले फर्किदै आर्मी माथी दवाव सिर्जना गर्ने प्रयास गरेको थियो ।

तर आर्मीले तेश्रो २५–१५ र चौथो सेट २५–२१ ले जित्दै खेलमा आफ्नो पकड कायम गरेको थियो । उक्त खेलमा आर्मीका मान वहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै इश्वर थापा वेष्ट डिफेण्डर घोषित भएका छन् । एपिएफले पुरुषतर्फ राउण्ड रोविन लिगका दुवै खेल गुमाएको छ ।

त्यस्तै महिलातर्फको खेलमा आयोजक टिम टाइगर ग्रुपले न्यू डायमण्ड संग ३–० को सोझो सेटमा हार व्यहोरेको छ । नेपालकी टिम सफल कप्तान अरुणा शाहीको कप्तानीमा श्रींलंकाका ३ जना खेलाडी सहित मैदानमा उत्रिएको टाइगर ग्रुपलाई न्यू डायमण्डको सेट टिम माथी सहज जित दर्ता गरेको हो । राउण्ड रोविन अन्तर्गत दोश्रो खेल खेलेको न्यू डाण्मण्डले पहिलो सेट २५–१९, दोश्रो सेट २५–१३ र तेश्रो सेट २५–१६ ले जित्दै प्रतियोगिता अन्तर्गत लगातार दोश्रो जित दर्ता गरेको छ ।

यसै गरी अर्को महिलातर्फको खेलमा विभागिय टिम नेपाल आर्मीले विभागिय टोली एपिएफ माथी ३–१ सेटले जित दर्ता गरेको छ । खेलमा पहिलो सेट एपिएफले २५–१८ ले जिते पनि पछिल्ला तिन सेटमा भने पहिलो सेटको लयलाई एपिएफले जोगाउन भने सकेन । आर्मी पछिल्ला तिन सेटमा एपिएफ माथी हावी हुँदै २५–१९, २५–२० र २५–१४ ले जित्दै अंक जोड्न सफल भएको छ । उक्त खेलमा आर्मीकी सोफिया पुन म्यान अफ दि म्याच र आर्मीकै पुष्पा चौधरी वेष्ट डिफेण्डर घोषित भएको प्रतियोगिताका रेफ्रि संयोजक तहल सिंह थापा मगरले जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लव र त्रिभुवन आर्मी क्लवका विच खेल हुनेछ भने पुरुषतर्फकै दोश्रो खेलमा एपिएफ र नेपाल पुलिस भिड्नेछन् । यसै गरी महिलातर्फ बुधबार विहान हुने पहिलो खेलमा आयोजक टाइगर ग्रुपले विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल एपिएफ र न्यू डायमण्डका विच हुने आयोजक संस्थाका सदस्य डिवी नेपालीले जनाएका छन् ।

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ ।

आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला÷पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese