no comments

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना

पाेखरा, २२ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनमा कोरोना देखिएको हो ।

उनले मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि थिए । उनले कोरोना बढिरहेको भन्दै जेठको पहिलो सातामात्र कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने बताएका थिए ।

गण्डकी प्रदेशको संसद १५ वैशाखबाट बस्न सकेको छैन । विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेपछि सदन स्थगित छ ।

TechSansar.com - Technology Navigator website for Nepalese