no comments

पोखरामा सहकारीले फोहोर संकलन केन्द्र संचालन, फोहोर दिने पैसा लिने

पोखरा, ४ फागुन/ घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्ने भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोर संकलन गर्न शुरु गरेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नु हुने छ ।

सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रको मंगलबार पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीले उद्घाटन गरेका छन् । उनले यो योजना अनुरुप पोखरालाई हराभरा बनाउन सहयोग मिल्ने बताए ।

नकुहीने फोहोरहरुलाई पैसा नै तिरेर लिने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । उनले फोहोर संकलन भएपछि फोन गरेर बोलाएमा घर लिन जाने बताए ।

अहिले प्लास्टिकका प्रति केसी ८ रुपैया कागज प्रति केजी १० रुपैया, फलाम प्रति केजी २५ रुपैया, कपडा प्रति केजी १० जना, तामा प्रति केजी ४ सय र वियरको बोटल प्रति गोता १ रुपैया तोकिएको बताए । अहिले ७५ जना शयेर सदस्य १५ लाखको पुजीँबाट शुरुवाता गरेको अध्यक्ष आचार्यले बताए ।

उद्घाट कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जिवन आचार्य, पोखरा १९ का अध्यक्ष शोभामहोन पौडेल, वडा नम्बर १ कि अध्यक्ष शारदा पराजुली लगाएतले शुभकामना दिएका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese