no comments

समुदायमा नै कोरोना फैलिए पछि पोखरा १६ र १९ मा कडाइ

पोखरा, २४ साउन / पोखरा महानगर पालिकाको वडा नम्बर १६ र १९ मा समुदायमा नै कोरोना फैलिए पछि कडाइ गरिएको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले पोखरा १६ र १९ का वडाध्यक्ष, जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि सहित सरोकारवालाले समुदायमा अझ फैलन नदिनका लागि सर्तक र सजकता अपनाउन आग्रह गरेका छन् ।

त्यस क्षेत्रमा ट्राभल हिष्टि नै नभएका ७ जनामा कोरोना देखिए पछि सर्तकता थालेको हो । छलफल पछि पोखरा १६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य र पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै घरबाट अनावश्यक रुपमा घरबाट नस्किनर अनुरोध गरेका छन् ।

वडा नम्बर १६ र १९ का सबै क्षेत्रमा संक्रमण फैलिन नदिन त्यसस्तो निर्णय गरेको हो । संयुक्त विज्ञप्तिमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाका व्यवसाय बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न र भौतिक दुरी कायम गर्न अनुरोध गरेको छ ।

समुदायमा नै कोरोना फैलिए पछि पोखरा १६ र १९ मा कडाइ

समुदायमा नै कोरोना फैलिए पछि पोखरा १६ र १९ मा कडाइ

TechSansar.com - Technology Navigator website for Nepalese