no comments

पोखरा पर्यटन परिषद्को आयोजनामा तनाब व्यवस्थापनका लागि योग

पोखरा, ५ बैशाख/ पोखरा पर्यटन परिषद्को आयोाजनामा एक दिन तनाब व्यवस्थापन कार्यक्रम गरेको छ । कोरोनाका कारण धेरै जनामा तनाब बढेको भन्दै परिषद्ले कार्यक्रमको आयोजना गरेको हो ।

स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यास उत्तम रहेको भन्दै कार्यक्रमको आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए ।

लेखनाथको शिवालय योग आश्रममा भएका कार्यक्रमा पोखरा पर्यटन व्यवसायीहरुको सहभागीता रहेको थियो । योगले शरिरलाई स्वस्थ्य राख्नुका साथै तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग आवश्यक रहेको कार्यक्रमका संयोज बबरजंग गुरुङले बताए ।

योग अभ्यास पछि कास्की जिल्ला टेनिस संघका महासचिब नविन चालिसे, पोखरा पर्यटन परिषद्का सल्लाकार टिकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का निर्वतमा अध्यक्ष चिरञ्जीवि पोख्ररेल, महासचिब रामचन्द्र शर्मा लगाएतले योगले मानिसलाई स्वच्छ बनाउन सहयोगि हुने बताए । सहभागीलाई सुनिल श्रेष्ठ (स्वामी) ले योग अभ्यास गराएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese