no comments

पोखराका पाँच होटललाई चार तारे स्टार

सागरराज तिमिल्सिना
पोखरा, ५ कात्तिक/ कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित पर्यटन क्षेत्र हो । कोभिडका कारण कति व्यवसायी विस्थापित भएका छन् भने केही व्यवसायीले यही मौकामा होटललाई अझ स्तरीय बताएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार पोखराका पाँच वटा होटलले चार तारे होटल बनेका छन् ।

पोखराको होटल माउण्ट कैलाश रिर्सोट, होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र स्विस इन्टरनेसनल होटल सरोवर पोखराले चार तारे होटल हुन् । स्विस इन्टरनेसनल बाहेक अरु चार होटलले यसै वर्ष मात्र चार तारे बनेका हुन् । पोखराको होटल ग्राण्ड र होटल फुलबारी पाँच तारे होटल हुन् । ति मध्ये होटल फुलबारी अहिले सञ्चालनमा छैन ।

पोखरामा पर्यटक स्तरीय होटल चार सय भन्दा बढि होटल छन् । त्यसै गरी बुटिक होटल र रिसोर्टहरु पनि छन् । रिसोर्टलाई विभागले लक्जरी, डिलक्स र साधारण गरी तीन स्तरमाविभाजन गरी मापदण्ड तोक्ने गरेको विभाग जनाएको छ ।
देशभरबाट ३३ होटलहरुले तिन तारे लिएका छन् । त्यस मध्ये पोखराबाट होटल फेवा प्रिन्स र होटल न्यू क्रिस्टल पोखरा रहेका छन् । त्यसै गरी ४३ वटा २ तारे होटलमा दर्ता छन् ।

त्यसमध्ये होटल माउण्टेन टप लेकसाईड, होटल माउण्ट अन्नपूर्ण एयरपोर्ट पोखरा, होटल ड्रागन डेमसाइड पोखरा, होटल फिस्टेल लज तालपारी पोखरा, होटल तुल्सी लेकसाइड, होटल कोहिनूर लेकसाइड, होटल ग्रीनपीस लेकसाइड पोखराका दुई तारे होटल हुन् । त्यसै गरी ३५ वटा एक तारे होटल दर्ता छन् । होटल स्वप्न बाग लेकसाइड र होटल मीरा लेकसाइड एक तारे होटल हुन् ।

विभागले होटल दर्ताका लागि डिलक्सका लागि एक लाख, पाँचतारेका लागि ७५ हजार, चार तारेका लागि ६० हजार, तीनतारेका लागि ४० हजार, दुई तारेका लागि ३० हजार र एक तारेका लागि २० हजार दर्ता शुल्क लिने गरेको छ ।
तारे होटेल खोल्ने विषय जति शान र लगानीका हिसावले आकर्षक मानिन्छ । होटलमा गएर बस्न अझ त्यो भन्दा बढी शान मिल्छ ।

किन भने सुविधा सम्पन्न होटेलमा बस्न निकै खर्च हुने व्यवासायी बताउ छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः तारे होटेलमा बस्ने गरेको होटल माउण्ट कैलाश रिर्सोटका सञ्चालक नरेश भट्टराईले बताए । पर्यटकलाई स्तरीय सेवा दिन आफुहरुले होटलको स्तर बृद्धि गरको उनले बताए ।

नेपालीहरूले पछिल्लो समय विभिन्न कार्यक्रम, सभा/सम्मेलन तथा गोष्ठीहरु र विवाह गर्न तारे होटल नै रोज्न गरेका छन् । हाल नेपालमा १५ वटा पाँच तारे, २० वटा चार तारे, ३३ वटा तिन तारे, ४३ वटा २ तारे र ३५ वटा एक तारे होटल रहेका छन् ।

नेपालका पाँचतारे होटल

दी सोल्टी काठमाडौं, ताहाचल
होटल डेला अन्नपूर्ण, दरबारमार्ग
द एभरेष्ट इन्टरनेसनल प्राली, नयाँ बानेश्वर
पोखरा ग्राण्ड, पोखरा
होटल द फुलबारी, पोखरा
र्याडिसन होटल, लाजिम्पाट
हायात होटल, बौद्ध
याक एन्ड यति होटल, दरबारमार्ग
द मल्ल होटल, लैनचौर
होटल सांग्रिला, लाजिम्पाट
टाइगर वान प्राली, रुपन्देही
सोल्टी वेस्टेण्ड प्रिमियम, नेपालगन्ज
होटल मेरियट, नक्साल
होटल अलफ्ट, ठमेल
होटल मेची क्राउन, झापा

TechSansar.com - Technology Navigator website for Nepalese