no comments

पोखरा वडा नम्बर १ को सेवा बन्द, वडा बासीलाई घर बाहिर ननिस्कत आग्रह

पोखरा, २० कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर १ अर्को सूचना प्रकाशिन नभए सम्मका लागि सेवा बन्द गरेको छ ।

वडा कार्यालयले बिहीबार सूचना प्रकाशन गरी शुक्रबार कत्तिक २१ गते देखी अर्को सूचना प्रकाशित नभए सम्मका लागि सबै सेवा बन्द भएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि समुदायस्तरमा सक्रमण फैलिने अवस्था भएको भन्दै वडा कार्यालयबाट प्रवाह हुने दैनिक कामहरु स्थगित गरिएको उल्लेख छ ।

सूचनामा वडा बासीहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर हिडडुल नगर्न तथा समुहमा जम्मा भई भिडभाड नगराउन समेत सुचित गरेको छ । यस अगाडी पोखरा २५ हेम्जाले पनि सेवा बन्द गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese