no comments

नेकपामा कोरोना भन्दा डरलाग्दो भाइरस आयोः मुख्यमन्त्री गुरुङ

पोखरा, २७ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कोरोना भन्दा डरलाग्दो भाइरस छिरेको टिप्पणी गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको (फोनिज) को २१ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशले मंगलबार आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा तथा पुरस्कार वितरण समारोह’ उनले नेकपामा छिरेको सो भाइरसले पार्टी सिद्धायाउन लागेको बताए ।

उनले नेकपामा अहिले देखिएको भाइरस चाँडै समाप्त हुने बताए । मुख्यमन्त्री गुरुङले वर्तमान सरकार परिवर्तन गरे जनताको अपमान हुने बताए । उनले प्रधानमन्त्रीमा समस्या भए सुधार्न लगाउनुपर्ने भए पनि ओली सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले कोरोनाविरुद्धको लडाईंमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालले असहयोग गरेको आरोप लगाए । उनले सोंचे जसरी अस्पतालले सहयोग नगरेको बताए । ५० जना अटाउने आसोलेसन भए पनि ३० जना आउने वित्तिकै भरियो भन्दै असहयोग गरेको बताए । पिसिआर परीक्षण गर्ने मेसिन हुदाँ हुदै असहयोग गरेर सताएको समेत बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अहिले नै लकडाउन गर्ने पक्षमा नरहेको बताए । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्न नहुने उनको भनाई थियो । कार्यक्रममा पत्रकार रुद्रबहादुर थापा र राजेशचन्द्र राजभण्डारीलाई नगद २५ हजार, सम्मानपत्रले सम्मन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese