no comments

पोखरा लभ्ली डाँडाको सरकारी जग्गामा व्यक्तिको दाबी

पोखरा, २३ साउन/ पोखरा महानगरपालिका वडा १८ लभ्लीडाँडामा रहेको करिब २ सय रोपनी सरकारी जग्गामा व्यक्तिको रजाई चलेको छ । सार्वजनिक जग्गामा धमाधम संरचना बनाएको पाइएपछि पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा र प्रहरीको टोलीले कामबाट फिर्ता पठाएका छन् ।

सार्वजनिक जग्गामा निर्माण गरिएका छाप्रा, तारबार लगायतका संरचनाहरु धमाधम बन्न थालेपछि वडाध्यक्ष आफै अघि सरेका हुन् । उनले सम्बन्धित निकायलाई गुहार्दा पनि कुनै चासो नदिएको भन्दै प्रहरी सहयोगमा कामदार फिर्ता पठाइएको बताए । उनले भने, महानगर र जिल्ला प्रशासन कार्यालयमा अतिक्रमणबारे पत्राचार गरेको छु, स्वीकृति पाए ती संरचना डोजर लगाएर भत्काउने छु ।

अध्यक्ष थापाले महानगरले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण अभियान वर्षका रुपमा घोषणा गरे अनुुसार वडामा अभियान संचालन गरिरहेको बताएपनि सार्वजनिक जग्गा भने व्यक्तिको नाममा पुग्न थालेको बताए । जग्गामा पोखराका आनन्द कोइराला, सन्जीव कोइराला, पुष्पेन्द्रबहादुर कोइराला लगायतले धमाधम संरचना निर्माण गर्न थालेको खुलेको छ । सो ठाउँमा नयाँ नापी सुरु हुने थाहा पाएपछि उनीहरुले ९ बढी संरचना निर्माण गरेका छन् ।

पहिले पनि सार्वजनिक जग्गा अतिक्रमरण परेको भन्दै परेको उजुरीमा सो जग्गा सरकारकै नाममा आएको थियो । सोको सम्पूर्ण कागजात वडा कार्यालयमा रहेको छ । पछि कोइराला परिवारले आफ्नो भोगचलन रहेको भन्दै धमाधम संरचना बनाउँदै आएका हुन् । कोइराला परिवारका बलबहादुर कोइरालाको नाममा १९९० सालमा दर्ता भएको कोइराला परिवकारका पुष्पेन्द्र बहादुर कोइरालाले बताए ।

२०२४ सालमा सर्वौच अदालतबाट जग्गाबाट सो जग्गाको बरामा आफुहरुको पक्षमा फैसला गरेको उनले बताए । उनीहरु ३२ साल सम्म तिरो तिर्दै आएको उनले भनाई छ । सरकारले २०७५ सालमा सो जग्गा आफ्नो नाम लालपुर्जा बनाए पछि कोइराला परिवार अदालत गएको थियो । सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन छ ।

पोखरा महानगरपालिका वडा १८ मा मात्रै करिब ७ सय रोपनी सरकारी जग्गा रहेको छ । त्यसमा पनि अन्य व्यक्तिहरुले जग्गा अतिक्रमण गर्दैआएको वडाध्यक्ष थापाको दाबी छ । लभ्ली डाँडा पोखराको आकर्षणको केन्द्र हो । यहाँबाट पोखरा बजार दृश्य अवलोकनका लागि निकै राम्रो देखिन्छ ।

TechSansar.com - Technology Navigator website for Nepalese