no comments

लमजुङमा भूकम्प, केही घर भत्किए, तीन जना घाइते

पोखरा, ५ जेठ/ बुधबार बिहान गएको भूकम्पका कारण लमजुङमा केही घर भत्किएको र तीन जना घाइते भएको खबर छ ।

लमजुङको बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् । नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

र्मस्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ ।

भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको थियो । पुराना माटोले बनेका घरहरु भत्किएका छन् । कुनै घरको झ्याल फोडेर घर भित्र थुनिएकाहरुलाई सकुसल उद्धार गरेको स्थानीयले बताएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese