no comments

महिलाको सकृयतामा लेकसाईडमा बन्यो पिच बाटो

पोखरा, २३ असोज/ पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाईडमा रहेको कच्ची सडक महिलाको नेतृत्वमा निर्माण सम्पन्न भएको छ । सबैको आकर्षणको केन्द्र लेकसाईडमै बत्ती मुनिको अँध्यारो भनेझैं वर्षौंदेखि बन्न नसकेको पोखरा–६ लेकसाईडस्थित दृष्टि मार्गको नाममा परिचित सोनाम मार्ग महिलाको नेतृत्व र सकृयतामा बनेको हो ।

बाटो निर्माणको पहल स्थानिय जन प्रतिनिधि राममाया विश्वकर्माले गरेकी हुन् भने बाटो निर्माणको सम्पूर्ण कार्य सरिता गिरी नेतृत्वको महिला समितिले गरेको हो । बाटो निर्माण गर्न बनेको सोनाम मार्ग बाटो निर्माण समितिमा अध्यक्ष तथा पदाधिकारीसहित सम्पूर्ण कार्य समितिमा महिला मात्र छन् ।

महिलाले चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण दिन खोजेका हौं,‘अध्यक्ष गिरीले भनिन्,‘दिनरात खटेर कोभिड–१९ को बीच बाटो निर्माण ग¥यौं ।’ उनले बाटो निर्माणमा स्थानिय केहि विकास बिरोधीहरुले अवरोध गर्न खोजेपनि त्यसलाई परास्त गरेर बाटो निर्माण गर्न सफल भएको बताईन् । जसको बढी जग्गा छ उसैले बाटो बिस्तारका लागि जग्गा नदिएर बाटो निर्माणमा भाँजो हाल्न खोजेको आरोप लगाईन् । महिलाले गरेको कार्यलाई केहि पुरुषहरुले रोक्ने प्रयास गरे,‘ति महिला बिरोधी मात्र होईनन्, विकास बिरोधीपनि हुन् ।’

बाटो निर्माण महिला बनाईरहँदा त्यसको सारथी गण्डकी प्रदेश सांसद राजीव पहारी बने । बाटो निर्माणका लागि आवश्यक रकम नपुगेर बाटो अलपत्र बनेका बेला सांसद पहारीले खर्चको जोहो गरेर बाटो निर्माणको वातावरण बनाएको स्थानिय पर्यटन ब्यबसायी कृष्ण आचार्यले बताए । बाटो निर्माणका क्रममा खर्च नपुग्दा बाटो अलपत्र थियो, सांसद पहारी आए र ठेकेदारलाई काम पुनः शुरु गर्न निर्देशन दिदै भने,‘खर्चको जिम्मा मेरो भो ।’–उनले भने ।

नभन्दै बाटो निर्माण सम्पन्न भयो र खर्चको जोहोपनि सांसद पहारीले प्रदेश सरकारबाट मिलाए । ९० मिटरको सो ढलान सडक १० लाख रुपैयाँमा निर्माण गरिएकोमा प्रदेश सरकारबाट ३ लाख ५७ हजार प्राप्त भएको अध्यक्ष गिरीले जानकारी दिईन् ।

महिलाको नेतृत्वका बनेको सोनाम मार्ग बाटो समितिले कोभिड–१९ को असर र प्रभावकाबीच बाटो निर्माण सम्पन्न गरि शुक्रबार उद्घाटन गरिएको छ । बाटोको शनिबार गण्डकी प्रदेश सांसद राजिव पहारीले रिबन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरालाई स्मार्ट सिटी बनाउने हो भने त्यसको शुरुवात लेकसाईडबाट गर्नुपर्ने बताए । ‘लेकसाईडलाई छाडेर पोखरा स्मार्ट सिटी हुनै सक्दैन’–उनले भने । उनले लेकसाईड भित्र बाँकी रहेका अन्य कच्ची बाटोपनि २ वर्षभित्र बनाईछाड्ने उद्घोष गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष हरि पहारीले विकासमा अवरोध गर्न खोज्नेहरुलाई राज्यले दिने सुविधाबाट बञ्चित गर्ने चेतावनी दिए । त्यस्ता व्यक्तिले फेरिपनि अवरोध गर्न खोजे हामीलाई खबर गर्नुस्,‘उनले भने,‘राज्यले दिने सुबिधाबाट बञ्चित गर्छौं ।’

TechSansar.com - Technology Navigator website for Nepalese