no comments

पर्यटनकर्मी आचार्यको कोरोनाबाट निधन

पोखरा, २८ बैशाख/ लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्टका रेसिडेन्ट म्यानेजर कृष्ण आचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

गैरापाटनको फिस्टेल हस्पिटलमा उपचाररत उनको सोमबार साँझ निधन भएको हो । साता दिनअघि कोरोनाका लक्षण देखिएपछि चरक अस्पताल पुगेका आचार्य केही निको भएपछि होटल आइसोलेसनमा बसेका थिए ।

३ दिनअघि फेरि अफ्टेरो महसुस गरेका आचार्यलाई फिस्टेल हस्पिटल भर्ना गरिएको थियो । स्वर्गीय आचार्यका श्रीमती र २ छोरा छन् । काठमाडौंका स्थायी बासिन्दा आचार्य फूलबारी रिसोर्टबाट पोखराको पर्यटन क्षेत्रमा काम गर्दै आएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese